अमेरिकाको हङकङ महावाणिज्यदूतमा छानिए ग्रेगरी मे

अमेरिकाको हङकङ महावाणिज्यदूतमा छानिए ग्रेगरी मे

नेपालखबर
भदौ १८, २०७९ शनिबार १२:५८, हङकङ

अमेरिकाको विदेशमन्त्रालयको चीन हेर्ने शाखाले ग्रेगरी मेलाई हङकङ र मकाउको लागि महावाणिज्यदूतको रुपमा पठाउने भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार अमेरिकी विदेश मन्त्रालयका जानकारहरुले उनलाई महावाणिज्यदूतको रुपमा नियुक्त दिएको बताएका हुन्। 

मेले सन् २०१६ देखि २०१९ सम्म  शेन्याङको महावाणिज्यदूतको रुपमा काम गरेका थिए। अहिले उनी हङकङको लागि अमेरिकी शीर्ष कूटनीतिक अधिकारीको रुपमा काम गर्न अन्तिम प्रक्रिया पूरा गरिरहेका छन्। 

मे सन् २०१९ देखि यता मंगोलियको अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गर्दै आएका थिए।

ग्रेगरी मे

केही समयअघि मात्र उनी अमेरिका फर्किएका हुन्। उनले यसअघि गुआनझोउ र बेइजिङस्थित अमेरिकी दूतावासमा पनि महावाणिज्यदूतको रुपमा काम गरिसकेका छन्। 

अहिलेसम्म अमेरिकाको विदेशमन्त्रालयले भने कुनै प्रतिक्रिया दिएको छैन। अमेरिकाको टेक्सासका मेले सन् १९९३ देखि १९९६ सम्म ताइवानमा रहेर पत्रकारिता गरेका थिए।

उनी सन् २००० मा विदेश सेवा प्रवेश गरेका थिए। अमेरिकाले हङकङ तथा बेइजिङसँगको तनाव कम गर्न र सहकार्य बढाउन चीनमा लामो अनुभव बोकेका कूटनीतिक अधिकारीलाई पठाउने निर्णय गरेको हो। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .