बढ्दो व्याजदर र आप्रवासनको कारण हङकङमा घाटा खाएर घरजग्गा बेच्ने बढे

बढ्दो व्याजदर र आप्रवासनको कारण हङकङमा घाटा खाएर घरजग्गा बेच्ने बढे

नेपालखबर
साउन ७, २०७९ शनिबार १३:२०, काठमाडौँ

हङकङको घरजग्गा बजारमा पछिल्लो समय ओरालो लाग्दो क्रममा देखिएको छ। पछिल्लो समय हङकङका घरधनीहरु घाटामा भए पनि आफ्नो घर बेच्न थालेका छन्।

बढ्दो आप्रवासन, व्याजदरमा वृद्धि र शेयर बजारमा देखिएको निरन्तरको गिरावटको कारण घर बेच्नेको संख्या बढेको हो। नयाँ घर बनाउनेको संख्या भने गत जुन महिनामा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।  

फेब्रुअरी बाहेक यस वर्षको सुरुवाती ६ महिनामा अघिल्लो वर्षको तुलनामा घाटाको व्यापार धेरै देखिएको छ। रिकाकर्प प्रपर्टीको तथ्यांकअनुसार मार्चदेखि जुनको बीचमा घाटाको कारोबार संख्या एक सय नाघेको छ। 

रिकाकर्प प्रपर्टीका प्रमुख शोधकर्ता डेरेक चान शेयर बजारमा देखिएको गिरावटको कारण यो अवस्था आएको बताउँछन्। मानिसहरुलाई पुुँजीको अभाव भएकाले उनीहरुले आफ्नो घर बेच्ने निर्णय गरेको उनको भनाइ छ। 

जुलाई २० सम्मको तथ्यांकअनुसार यो महिनामा मात्र ८० घर घाटामा कारोबार भएका छन्। चानका अनुसार यो संख्या जुलाई र अगष्टमा एक सयभन्दा धेरै रहन सक्ने सम्भावना छ।

यस वर्षको सुरुवाती ६ महिनामा ६९५ घरजग्गा कारोबार नोक्सानीमा भएको छ। नोक्सानीमा कारोबार भएको यो संख्या सन् २०११ यताकै उच्च हो। 

चानका अनुसार अहिलेको बजारबारे केही भन्न सकिने अवस्था छैन भन्ने धेरैलाई थाहा भए पनि अहिले घरधनीहरुलाई पैसाको अभाव भएकाले उनीहरु आफ्नो सम्पत्ति बेच्न उद्यत देखिएका हुन्। 

अर्को महत्वपूर्ण कारण व्याजदर बढ्नु हो। व्याजदर बढेसँगै हङकङको घरजग्गाको बजार सुस्ताएको छ। त्यस्तै हङकङको शेयर बजार पनि यस वर्षको अहिलेसम्ममा ११.५ प्रतिशतले घटिसकेको छ। त्यसैले पनि नोक्सानीमा भए पनि घरजग्गा बेच्ने क्रम बढेको हो। 

यस वर्ष सबैभन्दा घाटामा बिकेको फर्च्युन गार्डेनको ७२१ वर्ग फिटमा बनेको भवन थियो। जुन २० लाख ३० हजार नोक्सानीमा बिक्री भएको थियो। 

आधिकारिक तथ्यांकअनुसार गत जुन महिनामा लगातार तेस्रो महिनामा हङकङमा नयाँ फ्ल्याटको संख्या भने बढेको छ। यससँगै समग्र युनिटको संख्या १३ हजार ४४६ पुगेको छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .