छोटो समयका लागि हङकङ आउनेलाई भिसाको नियम खुकुलो

छोटो समयका लागि हङकङ आउनेलाई भिसाको नियम खुकुलो

नेपालखबर
जेठ १८, २०७९ बुधबार १३:५०, काठमाडौँ

कुनै निश्चित काम विशेषले अल्पकालीन समयको लागि हङकङ आउने पर्यटकले भिसामा छूट पाउने भएका छन्।

बुधबार सरकारले सार्वजनिक गरेको दुई वर्षे पाइलट परियोजनाअन्तर्गत काम विशेषले छोटो समयका लागि आउने मानिसले रोजगारी भिसा वा प्रवेश अनुमति विना नै हङकङ आउन पाउनेछन्।

आप्रवासन विभागका अनुसार यसरी हङकङ आउने मानिस बढीमा १४ दिन हङकङमा बस्न सक्छन्। यसअघि यो सीमा केवल ७ दिनको मात्र थियो। 

यद्यपि आप्रवासन विभागका अनुसार अहिले अल्पकालीनरुपमा हङकङ आउने मानिसलाई केही छूट दिइए पनि उनीहरुले हङकङ आउँदा क्वारेन्टिन र परीक्षणको बाँकी प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ। अहिलेको नियमअनुसार बाहिरबाट आउने मानिसले सात दिनसम्म निर्धारित होटलमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। 

अहिले हङकङको आप्रवासन विभागका अनुसार अहिले अघि सारिएको नयाँ योजनाअनुसार सरकारी विभागबाट अनुमति पाएका आयोजक संस्थाले बाहिरबाट आउने निश्चित क्षेत्रका दक्ष मानिसहरुलाई निमन्त्रणा पठाउन सक्छ।

त्यसरी निमन्त्रणा पाएका मानिसहरु अल्पकालीन गतिविधिका लागि रोजगारी भिसा वा प्रवेश अनुमति विना नै हङकङ आउन सक्छन्। यद्यपि यसरी हङकङ आएकाहरुले तलब भने पाउन सक्दैनन्। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .