हङकङका निवर्तमान दोस्रो वरीयताका अधिकारी जोन ली का चिउले शनिबार आधिकारिकरुपमा प्रमुख कार्यकारीको उम्मेदवारी घोषणा गरेका छन्।
बेइजिङले हङकङको दोस्रो वरीयताको अधिकारीबाट दिएको राजीनामा स्वीकृत गरेको दुई दिनपछि जोन लीले हङकङ प्रमुखको लागि आगामी मेमा हुन गइरहेको निर्वाचनमा उम्मेदवारीको घोषणा गरेका हुन्।
हङकङमा बेइजिङ समर्थित जोन ली एकमात्र उम्मेदवार हुन्। ६४ वर्षीय लीले सरकारको विभिन्न सेवामा रहेर ४५ वर्ष काम गरिसकेका छन्।
उनले यो अवधिमा आफूले निकै महत्वपूर्ण अनुभव हासिल गरेको बताएका छन्।
यसले हङकङलाई थप अगाडि बढाउन आगामी दिनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ।
उनले आगामी दिनमा हङकङमा हामी र हाम्रो भन्ने संस्कारको विकास गर्नु जरुरी रहेको पनि उल्लेख गरेका छन्।
उनले आफ्नो कार्यकालमा कानुनी शासन र स्थायित्वलाई जोड दिइने पनि स्पष्ट पारेका छन्।
उनले लामो समयदेखि हङकङको सरकारी सेवामा काम गरेको कारण हङकङ प्रतिको आफ्नो माया र यसअघि बाँकी रहेको लक्ष्य हासिलका लागि आफू प्रमुख कार्यकारी पदमा उठ्न लागेको बताएका हुन्।
यसअघि हङकङ प्रमुख क्यारी लामले दोस्रो कार्यकालका लागि निर्वाचनमा नउठ्ने घोषणा गरेकी थिइन्।
Shares

प्रतिक्रिया