हङकङ न्याय विभागको मागः नकाबविरुद्धको कानुनी फैसला निलम्बन गर

हङकङ न्याय विभागको मागः नकाबविरुद्धको कानुनी फैसला निलम्बन गर

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ११:४७,

गत अक्टोबर ५ मा हङकङमा बढ्दो हिंस्रक प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि सरकारले त्यहाँ नकाब प्रतिबन्ध गरेको जनाएको थियो।

 यो उपनिवेशकालिन कट्टर कानुन मानिन्छ। प्रदर्शनकारीले नकाब लगाएपछि झनै हिंस्रक गतिविधिहरु बढेको सरकारको भनाई थियो।

 तर सोमबार उच्च अदालतले नकाबविरुद्धको कानुन असंवैधानिक ठहर गर्यो।

Image result for hk justice department

हङकङ न्याय विभाग

 त्यस लगत्तै चीनले अदालतको फैसलाप्रति प्रतिक्रिया जनाउँदै भनेका थियो,‘हङकङको कानुनको वैधानिकतामाथि प्रश्न उठाउने कि नउठाउने भन्ने निर्णय बेइजिङले मात्र लिन्छ।’

 अदालतको फैसलाप्रति असन्तुष्टी जनाउँदै हङकङको न्याय विभागले पनि उक्त फैसला निलम्बन गर्न भनेको छ।

 एससीएमपीका अनुसार न्याय विभागले मंगलबार नै अदालतलाई नकाबविरुद्धको कानुन असंवैधानिक ठहर गर्ने निर्णय निलम्बन गर्न औपचारिक चिठ्ठी पठाएको थियो।

 

 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .