हङकङमा एकैदिन थपिए कोरोनाका ३५० नयाँ संक्रमित

हङकङमा एकैदिन थपिए कोरोनाका ३५० नयाँ संक्रमित

नेपालखबर
माघ २२, २०७८ शनिबार ११:८, काठमाडौँ

हङकङमा शनिबार एकैदिन कोभिड-१९ का ३५० नयाँ संक्रमित थपिएका छन्।

हङकङको स्वास्थ्य नियामकले दिएको जानकारीअनुसार पहिलोपटक हङकङमा यति धेरै संख्यामा नयाँ संक्रमित थपिएका हुन्।

यसअघि गत जनवरी २७ मा एकैदिन कोरोनाका १६४ नयाँ संक्रमित थपिएका थिए। अहिलेसम्मका लागि यो सबैभन्दा धेरै नयाँ संक्रमितको संख्या थियो। 

शुक्रबार हङकङ शीर्ष अधिकारीहरुले लाखौं र्‍यापिड परीक्षण किट्सको व्यवस्था गर्ने बताएको छ।

हङकङले कोरोना महामारी सुरु भएपछिको सबैभन्दा खराब लहरको सामना गरिरहेको छ। 

हङकङको कोरोना खोप अभियानका प्रमुख प्याट्रिक निप टक कुएनले अझै पनि कोरोनाको लहर उत्कर्षमा नपुगेको बताएका छन्।

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै कोरोनाको लहर पनि उत्कर्षमा पुगेको हो। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .