खुद्रा व्यापारीलाई हङकङका अर्बपति लीले ६० करोड डलर दिने, नेपालीले समेत लाभ लिने

खुद्रा व्यापारीलाई हङकङका अर्बपति लीले ६० करोड डलर दिने, नेपालीले समेत लाभ लिने

मगेन्द्र राई
कात्तिक २७, २०७६ बुधबार ९:५,

हङकङका अर्बपति लि का सिङले खुद्रा व्यापारीहरुलाई पनि ६० करोड हङकङ डलर उपलब्ध गराउने घोषणा गरेका छन्।

 केही दिन अगाडि आफ्नो फाउन्डेसन मार्फत साना तथा मझौला रेस्टुरेन्टहरुलाई ‘तत्काल राहत कोष प्रथम चरण’ अन्तर्गत २० करोड डलर वितरण गर्ने घोषणा लगत्तै दोश्रो चरण अन्तर्गत ६० करोड डलर खुद्रा व्यापारीहरुलाई उपलब्ध गराउने घोषणा गरेको हो।

फाउन्डेसनले तोकेको मापदण्डभित्र पर्ने योग्य खुद्रा व्यापारीहरुले ३० देखि ६० हजार डलर सम्म प्राप्त गर्नेछन्। ली ले चीन–अमेरिका व्यापार युद्ध तथा हङकङमा बिगत ५ महिनादेखि जारी आन्दोलनले धरासयी हुँदै गएको व्यवसाय क्षेत्रलाई तत्काल राहत पुर्याउने उद्देशले आफ्नो फाउन्डेसनमार्फत अक्टोबर ४ मा साना तथा मझौला उद्योगहरुलाई सहयोग पुर्याउन १ अर्ब डलर प्रदान गर्ने घोषणा अन्तर्गत उक्त सहायता रकम उपलब्ध गराउन लागेको हो।

कुल रकमको ६० प्रतिशत खुद्रा व्यापारीहरुलाई प्रदान गर्न लागिएको फाउन्डेसनले जनाएको छ। रकम प्राप्त गर्न खुद्रा व्यापारीहरूले नोभेम्बर १८ देखि नोभेम्बर २४ सम्ममा आवेदन दिन सक्ने जनाइएको छ। छनौटमा परेका व्यापारीले डिसेम्बर मध्यबाट रकम प्राप्त गर्नेछन्।

उक्त रकम हात पार्न ५० भन्दा कम कामदार भएका खुद्रा क्षेत्रका साना र मध्यम व्यवसायीहरु आवेदनका लागि योग्य मानिएको छ।

फाउन्डेसनका अनुसार अनिवार्य भविष्य कोष (एमपीएफ) योजना भएका खुद्रा व्यापारीले ६० हजार हङकङ तथा अन्यले ३० हजार डलर प्राप्त गर्न सक्नेछन्।

फाउन्डेसनले ५ प्रकारका खुद्रा व्यापारीहरु सबैभन्दा बढी मारमा परेको ठक्याएको छ। जसमध्ये औषधी र सौन्दर्य प्रशाधन, पुस्तक पसलहरू, लत्ता कपडा, विद्युतीय सामानहरू र अन्य उपभोग्य सामग्री बिक्रेताहरु रहेको बताइएको छ।

पाँच प्रकारका खुद्रा विक्रेताहरूलाई सरकारी तथ्यांकको आधारमा छनौट गरिने तथा नियमित रूपमा कम्प्युटरद्वारा सफल आवेदकहरूको चयन गरिने फाउन्डेसनले जनाएको छ।

हङकङमा आन्दोलन सुरु भएयता खुद्रा व्यापारमा झन्डै ४० प्रतिशतले गिरावट आएको छ।

उक्त राहत कार्यक्रम अन्तर्गत नेपाली खुद्रा व्यापारीहरु समेत लाभान्वित हुने भएका छन्। बिगत ६ वर्षदेखि युन लोङमा साथी स्टोर्स तथा जोर्डनमा लाफा एन्ड ङोल्सो स्टोर्स सञचालन गर्दै आएकी रुपा बुढाथोकी मगरले उक्त राहतबारे आफूलाई केही जानकारी नभएको बताइन्। उनले आन्दोलनका कारण व्यापार कम हुँदै गएको बताइन। ‘युन लोङमा मुख्य सडक नजिकै पसल छ, दिनहुँ जस्तोको आन्दोलनले चलाउने वा बन्द गर्ने सोच्नै सकिएको छैन’, नेपालखबरसँग कुरा गर्दै उनले भनिन्। आफ्नो परिवार पूर्णकालिन व्यापारमा लागेको हुँदा सहायता रकम पाए ‘मलम पट्टि’को काम गर्ने बताइन्।

जोर्डनकै सांगाई स्ट्रिटमा बिगत १७ वर्षदेखि किनारा पसल चलाउँदै आएका गणेश गुरुङ आफ्नो व्यापारिक जीवनमा हाल चलिरहेको आन्दोलन घातक र बिनासकारी भएको बताउँछन्। सार्स रोगको समस्या समेत झेलेका गुरुङले आन्दोलनले आफूहरुलाई गरिखान नदिएको बताउँदै व्यापार चौपट भएका समयमा उक्त रकम पाए आफूलाई ठूलो राहत हुने बताए।

नेपाल च्याम्बर्स अफ कमर्श हङकङका उपाध्यक्ष लवकुमार गुरुङका अनुसार हङकङमा १०० भन्दा बढी नेपाली खुद्रा व्यावसायी रहेका छन्। सबै नेपाली खुद्रा व्यापारीहरु लि का राहत कोषका लागि तोकेको मापदण्डभित्र पर्दन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .