अमेरिकी बजारबाट बाहिरिएर हङकङमा सूचीकृत हुँदै डिडी

अमेरिकी बजारबाट बाहिरिएर हङकङमा सूचीकृत हुँदै डिडी

नेपालखबर
मंसिर १७, २०७८ शुक्रबार ११:५३, काठमाडौँ

चिनियाँ ट्याक्सी सेवा प्रदायक डिडी ग्लोबलले अमेरिकी बजारबाट बाहिरिएर हङकङमा सूचीकृत हुने तयारी गरेको छ। शुक्रबार कम्पनीले अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्जबाट बाहिरिने प्रक्रिया सुरु भएको र हङकङमा साधारण सेयर जारी गर्ने तयारी गरिरहेको बताएको छ। 

गत जनको अन्तिममा डिडी ग्लोबल न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो। यद्यपि दुई दिनमै कम्पनीले अमेरिकामा साइबर सुरक्षासम्बन्धी मुद्दाको सामना गर्नुपरेको थियो।

‘राम्रोसँग अध्ययन गरेर कम्पनीले न्युयोर्क स्टक एक्सचेन्जबाट बाहिरिने र हङकङमा सूचीकृत हुने प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको छ’, चिनियाँ सामाजिक सञ्जाल वेइबोमा कम्पनीको आधिकारिक एकाउन्टमा उल्लेख छ।

यसअघि नै डिडी अमेरिकी बजारबाट बाहिरिन सक्ने समाचार सार्वजनिक भएको थियो तर कम्पनीले भने उक्त समाचारको खण्डन गर्दै आएको थियो। कम्पनीले अमेरिकी बजारबाट बाहिरिने कारण भने उल्लेख गरेको छैन। 

डिडीले अमेरिकी बजारबाट बाहिरिने घोषणा गरेसँगै नयाँ प्रयोगकर्ता बनाउन रोक लगाइएको छ। कम्पनीका दर्जनौं एपहरु एप स्टोरहरूबाट हटाइएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .