हङकङमा किन घट्यो बच्चा ‘एडप्ट’ गर्नेको संख्या?

हङकङमा किन घट्यो बच्चा ‘एडप्ट’ गर्नेको संख्या?

नेपालखबर
कात्तिक २७, २०७८ शनिबार ११:४७, काठमाडौँ

पछिल्लो समय हङकङमा कोही नभएका बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने (एडप्ट) को संख्यामा कमी आएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार सन् २०१६ मा हङकङमा ७१ बालबालिकालाई मानिसहरुले एडप्ट गरेका थिए। तर, गत वर्ष यो संख्या ५९ मा झरेको छ। 

जानकारहरुका अनुसार नकारात्मक स्वभाव भएका र जटिल पृष्ठभूमिबाट आएका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न मानिसहरुले नरुचाउने गरेकाले एडप्ट हुने बालबालिकाको संख्यामा पनि कमी आएको हो। 

गत जुन महिनामा एडप्टको लागि योग्य १०१ बालबालिका रहेको हङकङको समाज कल्याण विभागले बताएको छ। उनीहरुमध्ये ३४ जना शरीरिक अशक्तता भएका व्यक्त थिए भने ३३ जना तीन वर्ष वा सोभन्दा धेरै उमेरका बालबालिका थिए।

२९ जना जटिल पारिवारिक पृष्ठभूमिबाट आएका थिए। जसमा लागू औषधिमा निर्भर वा मानसिक स्वास्थ्य समस्या भएका अभिभावकले जन्माएका बालबालिका छन्। त्यस्तै अन्य पाँच बालबालिका स्वास्थ्य समस्याबाट ग्रसित थिए। 

विवाहपूर्व नै गर्भवती बनेका किशोरीहरुलाई सहयोग गर्दै आएको मदर्स च्वाइसकी सीईओ एलिया एयर्स जटिल पृष्ठभूमिका बालबालिकाको संख्या बढेकाले एडप्ट हुनेको संख्या घटेको बताउँछिन्। लागू औषध प्रयोग गर्ने आमाले जन्माएको बच्चालाई एडप्ट गर्न मानिसहरुले नचाहने गरेको उनी सुनाउँछिन्। 

उनका अनुसार हङकङमा बच्चा एडप्ट गर्ने विषयमा तीनओटा गलत धारणा रहँदै आएको छ। पहिलो आफ्नो बच्चा त्याग्ने ‘खराब मानिस’ हुन् भन्ने बुझाइ छ।

दोस्रो एडप्ट गरेको बच्चालाई आफ्नै सन्तानजस्तो माया अभिभावकले दिँदैनन् र तेस्रोमा एडप्ट गरेको बच्चाले ठूलो भएपछि आफ्नो अभिभावकत्व लिनेलाई त्यागेर हिँड्छन् भन्ने बुझाइ छ। त्यसैले पनि एडप्ट गर्नेको संख्या कम भएको हुन सक्ने एलिया एयर्स बताउँछिन्। 

हङकङमा बच्चालाई एडप्ट गर्न चाहने अभिभावकको उमेर कम्तीमा २५ वर्ष नाघेको हुनुपर्छ। कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएको मानसिक र शारीरिक स्वास्थ्य पनि राम्रो हुनुपर्छ। त्यसका साथै बलियो आम्दानीको स्रोत पनि हुनु जरुरी छ। 

हङकङको समाज कल्याण विभागको एडप्सन एकाइका प्रवक्ताका अनुसार धेरैजसो अभिभावकले बच्चाको उमेर र स्वास्थ्य, भावना र स्वभावगत समस्या, शारीरिक असक्तताको प्रकार र परिवारको पृष्ठभूमिजस्ता कुरा सोध्छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .