हङकङका ‘क्याप्टेन अमेरिका’लाई ६ वर्ष जेल

हङकङका ‘क्याप्टेन अमेरिका’लाई ६ वर्ष जेल

नेपालखबर
कात्तिक २६, २०७८ शुक्रबार ७:४८, काठमाडौँ

हङकङमा ‘क्याप्टेन अमेरिका’ नामले चिनिने प्रजातन्त्रवादी नेतालाई झण्डै ५ वर्षको जेल सजाय सुनाइएको छ।

हङकङको राष्ट्रिय सुरक्षा कानुनअनुसार एडम मा चुन मानलाई जेल सजाय तोकिएको हो । सरकारविरोधी नारा लगाएर हङकङलाई चीनबाट स्वतन्त्र गराउने पक्षमा बोलेकोमा उनलाई मुद्दा चलाइएको हो । 

सन् २०१९ मा हङकङमा भएको आन्दोलन हिंसात्मक बनेसँगै चीनले २०२० मा हङकङका लागि राष्ट्रिय सुरक्षा कानुन ल्याएको थियो । हङकङका प्रजातन्त्र पक्षधरहरुले भने यो कानुनले हङकङको स्वायत्तता खोसेको आरोप लगाउँदै आएका छन् । 

उक्त कानुनअनुसार जेल सजाय पाउने मा चुन मान दोस्रो व्यक्ति हुन् । ३१ वर्षीय मा चुन मानले स्वतन्त्रताको र्‍यालीमा सरकारविरोधी नारा लगाएका थिए भने सञ्चारमाध्यमहरुमा पनि अन्तर्वार्ता दिएका थिए ।

उनी पहिला खाना डेलिभरीको काम गर्थे । यसैक्रममा उनी स्वतन्त्रताको आन्दोलनमा लागेका हुन्।

बिहीबार हङकङको अदालतले उनलाई पाँच वर्ष नौ महिनाको जेल सजाय सुनाएको हो । फैसलाको पत्र पाएपछि  रोयटर्ससँगको कुराकानीमा मान चुन मानले भनेका छन्, ‘मलाई कुनै पछुतो छैन।’
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .