८ करोड २२ लाख डलरमा बिक्यो हङकङस्थित एसियाकै महँगो अपार्टमेन्ट

८ करोड २२ लाख डलरमा बिक्यो हङकङस्थित एसियाकै महँगो अपार्टमेन्ट

नेपालखबर
कात्तिक २५, २०७८ बिहिबार ८:१५, काठमाडौँ

हङकङस्थित एक अपाटर्ममेन्ट प्रतिवर्गफिटको मूल्यको आधारमा एसियाकै महँगो बनेको छ। माउन्ट निकोल्समा रहेको यो अपार्टमेन्ट प्रतिवर्गफिट १ लाख ४० हजार ८०० हङकङ डलरमा बिक्री भएको हो।

ब्लूमवर्गका अनुसार यो मूल्य एसियाकै सबैभन्दा महँगो हो। समग्रमा उक्त अपार्टमेन्ट  ६४ करोड हङकङ डलर (८ करोड २२ लाख डलर)मा बिक्री भएको छ। वार्फ होल्डिङ लिमिटेड र नान फुङ डेभलपमेन्ट लिमिडेटले यो अपार्टमेन्ट बिक्री गरेको हो। 

प्रति वर्गफिटको मूल्यको आधारमा एसियाकै महँगो बनेको अपार्टमेन्ट हङकङको सुविधा सम्पन्न विलासी क्षेत्रमा छ। यो अपार्टमेन्ट ४ हजार ५४४ वर्गफिटमा बनेको छ। यसमा तीन पार्किङ स्थल पनि छन्। 

यसअघि गत फेब्रुअरीमा हङकङका धनाढ्य भिक्टर लिको कम्पनीले १ लाख ३६ हजार हङकङ डलर प्रति वर्गफिटमा एक अपार्टमेन्ट बिक्री गरेका थिए। 

गत जुनअघिको एक वर्षमा हङकङको आवासीय क्षेत्रमा १२ अर्ब ८० करोड हङकङ डलरको कारोबार भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो दोब्बरभन्दा धेरै हो। 

पछिल्लो समय हङकङमा घरजग्गाको भाउ बढ्दो क्रममा छ। यसैक्रममा अपार्टमेन्टहरुको भाउ पनि आकाशिएको छ।

यस वर्षको अन्तिम ६ महिनामा हङकङमा घरजग्गाको भाउ ३ प्रतिशतभन्दा धेरैले बढेको छ। विशेषगरी मेनल्याण्ड चीनका नागरिक र स्थानीय धनाढ्यहरुबाट बढेको मागको कारण हङकङमा घरजग्गाको भाउ बढेको हो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .