देवकोटा जयन्तीमा हङकङका नेपाली विद्यार्थीका सिर्जना

देवकोटा जयन्तीमा हङकङका नेपाली विद्यार्थीका सिर्जना

मगेन्द्र राई
कात्तिक १२, २०७६ मंगलबार २:१७,

हङकङमा लक्ष्मीप्रसाद देबकोटा जयन्ती मनाइएको छ। आइतबार लक्ष्मीपुजाको दिन हङकङ साझा साहित्य शृङ्खलाको आयोजनामा साहित्यानुरागीहरु भेला भएर जोर्डनमा देवकोटा जयन्ती मनाइएको हो।

शृङ्खलाकी संयोजक सुनिता गिरिले देवकोटाको पोट्रेटसहित पानस बालेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन भने सहसंयोजक दिपेन्द्र राईले देवकोटाको संक्षिप्त जिवनी सुनाएका थिए।

devkota4 1

कार्यक्रममा विभिन्न सिर्जनाहरु तथा देवकोटा सन्बन्धी रचनाहरु बाचन गरिएको थियो।

हङकङमै जन्मिएर यहाँको बेथल हाइस्कुलमा अध्यायरत विद्यार्थीहरुले देवकोटा सम्बन्धि सिर्जना बाचन गर्दा सहभागीहरू मन्त्रमुग्ध भएका थिए।

कार्यक्रम देउसी भैलो खेलेर बिट मारिएको थियो।

devkota3 1

महाकवीको सम्मानित उपाधी पाएका लक्ष्मीप्रसाद देवकोटा बि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपुजाका दिन काठमाडौको धोबिधारामा जन्मिएका थिए। देवकोटाका मुनामदन, शुलोचना, कुन्जनी, शकुन्तला जस्ता कृतीहरु प्रख्यात छ्न्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .