हङकङमा शौचालय जाने विषयमा विवाद हुँदा पिताले छोरामाथि छुरा हाने

हङकङमा शौचालय जाने विषयमा विवाद हुँदा पिताले छोरामाथि छुरा हाने

(फाइल तस्बिर)


नेपालखबर
साउन १४, २०७८ बिहिबार १९:१७,

हङकङमा शौचालय जाने विषयमा विवाद हुँदा एक व्यक्तिले आफ्नै छोरामाथि छुरा प्रहार गरेका छन्।

गतवर्षको अक्टोबर २ मा ७८ वर्षका वोङ पाक–चुङले ३१ वर्षका छोरामाथि छुरा हानेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

आक्रमणपछि वोङ वा–ली गम्भीर घाइते भएका थिए। उनको २७ दिनसम्म अस्पतालमा उपचार भएको थियो। 

याउ तोङस्थित लि यु मुन स्टेटको आवसीय भवनमा यो घटना भएको थियो। आक्रमणबाट वोङ वा–लीको शिरको खप्परहरुमा चोट लागेका थिए।

प्रहरीका अनुसार बाथरुमभर रगत लतपतिएका थिए। छोराले बाथरुम प्रयोग गर्न नदिएर उल्टै धकेलेपछि आफूले आक्रमण गरेको वोङ पाकले स्वीकार गरेका छन्।

छुरा आक्रमणपछि छोराले कुदेर गएर प्रहरीलाई खबर गरेका थिए। आज बिहीबार अदालतमा पिता वोङ दोषी करार भइसकेका छन्।

उनलाई कस्तो सजाय दिने भनेर अगष्ट १६ मा फैसला दिने बताइएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .