हङकङमा प्रहरीमाथि चक्कु प्रहार हुँदा लाइभस्ट्रिम गर्ने महिला पत्रकार अनुसन्धानकाे घेरामा

हङकङमा प्रहरीमाथि चक्कु प्रहार हुँदा लाइभस्ट्रिम गर्ने महिला पत्रकार अनुसन्धानकाे घेरामा

(फाइल तस्बिर)


नेपालखबर
साउन १२, २०७८ मंगलबार १७:५६,

हङकङमा गत जुलाई १ मा प्रहरीमाथि चक्कु प्रहार भएको थियो। 

बिच सडकमै बर्दी नलगाएका प्रहरीमाथि चक्कु प्रहार हुँदा एक महिला पत्रकारले लाइभस्ट्रिम गरेकी थिइन्।

घटना हुन अगाडि नै लाइभस्ट्रिम भइरहेको थियो जसका कारण हङकङ प्रहरीले यो घटनामा यी महिलाको संलग्नता छ या छैन भनेर अनुसन्धान गरेको छ।

महिला पत्रकार भिजन टाइम्स अनलाईनमा काम गर्छिन्। सोगो डिपार्टमेन्ट अगाडि चक्कु प्रहारको घटनाको भिडिओ उनैले खिचेकी हुन्।

जसका कारण राष्ट्रिय सुरक्षा विभागले सोमबार साँझ ती महिला पत्रकारमाथि सोधपुछ गरेको छ। 

उनी काम गर्ने संचारमाध्यम फलुन गोङ धार्मिक अभियानसँग जोडिएको पनि बताइएको छ, जुन मुख्यक्षेत्र चीनमा प्रतिबन्धित छ।

त्यसबेला ५० वर्षका व्यक्तिले प्रहरी इन्सपेक्टरमाथि चक्कु प्रहार गरेसँगै आफैंमाथि चक्कु हानेर आत्महत्या गरेका थिए। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .