हङकङबासीलाई बेलायत आउन प्रेरित गर्दै लन्डनका मेयरले भनेः यहाँ रंगभेद हुँदैन

हङकङबासीलाई बेलायत आउन प्रेरित गर्दै लन्डनका मेयरले भनेः यहाँ रंगभेद हुँदैन

लन्डनका मेयर सादिक खान


नेपालखबर
साउन ८, २०७८ शुक्रबार १८:१७,

कोरोना भाइरसको प्रकोप सुरु भएयता बेलायत र अमेरिकामा एसियाली मूलका नागरिकमाथि दुर्व्यवहारको घटना बढेको पाइन्छ।

यी दुवै राष्ट्रमा एसियाली विशेषगरी चिनियाँजस्ता देखिने मानिसमाथि आक्रमण हुने गरेको छ।

कोरोना भाइरस फैलनुमा चिनलाई जिम्मेवार ठहर्याउँदै त्यहाँ एसियालीमाथि आक्रमण भएको पाइन्छ।

बेलायतले पछिल्लो समय हङकङबासी जो बीएनओ पासपोर्टधारी हुन् उनीहरलाई बेलायत ल्याउने योजना बनाएको छ।

यसबीचमा हङकङबासीलाई बेलायतमा आउन प्रेरित गर्दै लन्डनका मेयर सादिक खानले बेलायतमा रंगभेद र जातीय विभेद नभएको बताएका छन्।

हङकङका नागरिकहरु हेर्दा चिनियाँ जस्तै देखिन्छन्। हङकङ चीनकै प्रशासनिक क्षेत्र हो। तर हङकङ एक देश दुई प्रणाली अन्तर्गत संचालित हुँदै आएको छ।

खान हङकङबासी रंगभेदी र जातीय आक्रमणबाट त्रसित नबनुन् भनेर लागि परेका छन्। उनले लन्डनमा र पुरा बेलायतमा रंगभेदी विचार राख्नेलाई कारवाही हुने बताएका छन्।

उनले लन्डनले ९ लाख पाउन्ड हङकङबाट आउनेको सुविधाको लागि छुट्याइएको पनि जानकारी दिएका छन्।

हालसम्म हङकङका ३२ हजार ३ सयले बेलायत आउन पाउँ भनि आवेदन दिएका छन्। जसमध्ये ७ हजार २ सयको आवेदन स्वीकृति भइसकेको छ। एससीएमपी

हङकङमा मुख्यक्षेत्र चीनले राष्ट्रिय सुरक्षा कानुन र राष्ट्रवादी व्यक्तिलाई मात्र चुनावमा उठ्न दिने कडा कानून लागू गरेपछि बीएनओ पासपोर्ट भएका व्यक्तिहरु स्वतन्त्रताको लागि भन्दै बेलायत जान चाहेका हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .