हङकङको क्याथे प्यासिफिक पनि पर्‍यो यसवर्षको उत्कृष्ट एअरवेजको सूचीमा

हङकङको क्याथे प्यासिफिक पनि पर्‍यो यसवर्षको उत्कृष्ट एअरवेजको सूचीमा

(फाइल तस्बिर)


नेपालखबर
साउन ७, २०७८ बिहिबार १६:४,

कतार एअरवेज यसवर्षको सर्वोत्कृष्ट एअरवेज घोषित भएको छ।

एअरलाइनरेटिंग्स डटकमले सार्वजनिक गरेको उत्कृष्ट एअरवेजको सूचीमा कतारको कतार एअरवेज शीर्ष स्थानमा आउन सफल भएको हो।

कोरोना प्रकोपका बेला पनि उडान संचालन जारी राख्न देखाएको सक्रियता, प्रतिवद्धता साथै सुरक्षा, र यात्रुलाई दिइएको सुविधाको आधारमा सूची तयार गरिएको हो।

कतार एअरवेजलाई अन्य तीन अवार्ड पनि प्रदान गरिने भएको छ। यो एअरवेजको बिजनेस क्लास उत्कृष्ट भएको, यसको क्याटेरिङ सेवा राम्रो भएको र यो मध्य पूर्वी क्षेत्रको पनि उत्कृष्ट एअरवेज भएको बताइएको छ।

यसैबीच हङकङको क्याथे प्यासिफिक एअरवेज पनि उत्कृष्ट एअरवेजको सूचीमा परेको छ। सूचीअनुसार क्याथे प्यासिफिक पाँचौं स्थानमा पर्न सफल भएको छ।

उत्कृष्ट एअरवेजको सूची

१. कतार एअरवेज

२. एअर न्युजिल्यान्ड

३. सिंगापुर एअरलाइन्स

४. कान्टस, इमाइरेट्स

५. क्याथे प्यासिफिक

६. भर्जिन एटलान्टिक

७. युनाइटेड एअरलाइन्स

८. इभा एअर

९. ब्रिटिस एअरवेज

१०. लुफाथांसा

११. एएनए

१२. फिननायर

१३. जापान एअरलाइन्स

१४. केएलएम

१५. हवाएन एअरलाइन्स

१६. अलस्का एअरलाइन्स

१७. भर्जिन अस्ट्रेलिया

१८. डेल्टा एअरलाइन्स

१९. इतिहाद एअरवेज 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .