हङकङमा आतंकवादी षड्यन्त्र रचेको भन्दै स्कुले विद्यार्थीसहित ९ पक्राउ, बम बनाएको आरोप

हङकङमा आतंकवादी षड्यन्त्र रचेको भन्दै स्कुले विद्यार्थीसहित ९ पक्राउ, बम बनाएको आरोप

(फाइल तस्बिर)


नेपालखबर
असार २२, २०७८ मंगलबार १८:२६,

हङकङमा आतंकवादी पड्यन्त्र रचेको आरोपमा स्कुले विद्यार्थीसहित ९ जना गिरफ्तारमा परेका छन्।

उनीहरुले बम बनाएको र सडक, अदालत, यातायात संजालमा सो बम पड्काउने योजना बनाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हङकङलाई चीनबाट अलग्याउने चाहने चार महिला र पाँच पुरुष गिरफ्तार भएको प्रहरीको भनाइ छ। 

पक्राउ परेकामध्ये केही माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन्।

उनीहरुलाई ‘रिटर्निङ भालियन्ट’ समूहले बम बनाउन सिकाएको बताइएको छ। यी सबैलाई राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत पक्राउ गरिएको हो।

प्रहरीले सिम सा सुईको नाथन रोडस्थित एउटा भवनमा उनीहरुले प्रयोग गर्दै आएको ल्याब फेला पारेका छन्। त्यहाँ उनीहरुले बम बनाउने गरेको पाइएको छ।

प्रहरीले यस घटनामा पक्राउ परेका ६ जना १९ वर्ष मुनिका विद्यार्थीबाट ८० हजार हङकङ डलर पनि बरामद गरेका छन्, उनीहरुबाटै १० हजार हङकङ डलर बराबरको विदेशी मुद्रा पनि भेटिएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .