हङकङ प्रहरीको हत्या गर्नुपर्छ भन्ने दुई व्यक्ति गिरफ्तार

हङकङ प्रहरीको हत्या गर्नुपर्छ भन्ने दुई व्यक्ति गिरफ्तार

नेपालखबर
असार २०, २०७८ आइतबार १९:१३,

हङकङ प्रहरीको हत्या गर्नुपर्छ र प्रहरी कार्यालयमा आगो लगाउनुपर्छ भन्ने दुई व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेका छन्।

सामाजिक संजालमा प्रहरीविरुद्ध अभियान चलाउने एक पुरुष र महिलालाई प्रहरीले आइतबार गिरफ्तार गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

शनिबार मात्र एक ५० वर्षका व्यक्तिले एक प्रहरीमाथि छुरा प्रहार गरेका थिए। उनले प्रहरीको छातीमा आक्रमण गरेका थिए।

गतहप्ताको बिहीबार जुलाई १ मा २० वर्षका पुरुष र २६ वर्षकी महिलाले सामाजिक संजालमा प्रहरीलाई आक्रमण गर्नुपर्छ भन्दै उक्साहटपूर्ण अभिव्यक्ति दिएका थिए।

प्रहरीमाथि छुरा आक्रमणको घटना सोही विषयसँग सम्बन्धित छ कि छैन भनेर यतिबेला प्ररहीले अनुसन्धान सुरुवात गरेका छन्।

प्रहरीमाथि आक्रमण गर्न उक्साहटपूर्ण अभिव्यक्ति दिने कार्यलाई प्रहरीले आतंकवादसँग तुलना गरेका छन्।

गतवर्ष मुख्यक्षेत्र चीनले हङकङको लागि राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएपछि त्यहाँका प्रहरी कडा रुपमा प्रस्तुत हुँदै आएका छन्।

यतिबेला सन् २०१९ को आन्दोलनमा होमिएका मानिसहरुलाई प्रहरीले गिरफ्तार गरिरहेका छन्। सन् २०१९ मा हङकङबासीले चीन विरोधी नारा लगाउँदै हङकङ स्वतन्त्र हुनुपर्ने बताएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .