हङकङबाट धावक बगालेले ट्रेकिङमा आवद्ध नेपाली भरियाका लागि ३ लाख ८५ हजार सहयाेग जुटाए

हङकङबाट धावक बगालेले ट्रेकिङमा आवद्ध नेपाली भरियाका लागि ३ लाख ८५ हजार सहयाेग जुटाए

मगेन्द्र राई
असार १८, २०७८ शुक्रबार १८:२४, हङकङ

लामो समयदेखि हङकङमा बसिरहेका नेपालका अल्ट्रा ट्रेल दौडका धावक दिना बगालेले ट्रेकिङ व्यवसायमा आवद्ध नेपाली भरियाहरु ‘पोर्टर’का लागि ३ लाख ८५ हजार रुपैयाँ सहयोग जुटाएका छन्।

कोरोनाले विश्व आक्रांन्त रहेको बेलामा नेपालका ट्रेकिङमा आवद्ध भरियाहरु पीडित बनेको भन्दै बगालेले आफ्नो नेतृत्वमा सो रहक संकलन गरेका हुन्।

बगालेले ट्रेकिङ व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ‘टान’ पश्चिमाञ्चल क्षेत्रीय संघलाई सहयोग रकम हस्तान्तरण गरेका थिए। संघ मार्फत सो रकम पदयात्रा व्यवसायमा सङ्लग्न ७७ मजदुरहरुलाई जनही ५००० रुपैयाँको दरले सहयाेग गरिसकिएकाे छ।

तपाइँ अल्ट्रा ट्रेल रनका सफल धावक हुनुहुन्छ, यतिखेर नेपालका धावकहरु पनि आर्थिक चपेटामा परेका होलान, तपाइँले उहाँहरुलाई सहयोग जुटाउनुका सट्टा किन पदयात्राका मजदुरहरुलाई सहयोग गर्ने निर्णय गर्नु भो? भनी नेपालखबरले सोधेको प्रश्नको उत्तरमा उनले भने,‘खासमा नेपालका ट्रेल धावकहरु धेरै जसो सरकारी पेशामा सङ्लग्न रहेको हुँदा उहाँहरुलाई त्यति समस्या छैन, कुनै बेला म स्वयं पनि पदयात्रा पेशामा सङ्लग्न भएको कारण उहाँहरुको दुःख र समस्या नजिकबाट नियालेको हुनाले भरियाहरुलाई यतिखेर सहयोग उपलब्ध गराउन उपयुक्त ठाने, अनि सोही मुताबिक राहत प्रदान गर्ने कार्य सम्पन्न गर्यौ।’

बगालेले हङकङमा सम्पन्न हुने प्रख्यात अल्ट्रा ट्रेल रन ‘भिबराम १००’ का आयोजकहरु सङ्गको सहकार्यमा उक्त रकम जुटाएका हुन। 

उनी हङकङस्थित नेपालीहरुको संस्था ‘मिक्स एन्ड म्याच’का अध्यक्ष पनि हुन्। उक्त संस्थाले नेपालमा भूकम्प, बाढी पहिरो जाँदा साथै अपाङ्ग व्यक्तिहरुको लागि सहयोग जुटाउदै आएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .