ad ad

Nepal Khabar TV


के हो जनमत पार्टीले प्रस्ताव गरेको नौलो गणतन्त्र? (भिडिओ)


नेपालखबर
जेठ १५ , काठमाडौँ

जनमत पार्टीले आज नौलो गणतन्त्र आन्दोलन उद्घोष गर्दैछ। १७औं गणतन्त्र दिवसका अवसरमा पार्टीका अध्यक्ष  सीके राउतले घोषणा गर्न लागेको नौलो गणतन्त्रबारे केन्द्रीय सदस्य रञ्जीत साहको भिडिओ ब्रिफिङ।

यी हुन् जनमत पार्टीका नौ बुँदे प्रस्ताव

  • पार्टी तथा नेताहरूको बन्धक र सिन्डिकेटबाट देशलाई मुक्त गर्नुपर्छ।
  • संसदहरूमाथि कुनै पनि किसिमको ह्वीप नलाग्ने गरी कुनै समूह वा पार्टीको दबाबबाट मुक्त गर्नुपर्छ।
  • ट्राइब्यूनल गठन गर्नुपर्छ–सरकार, पार्टी तथा नेताहरूको संलग्नता र संरक्षणमा भइरहेका सम्पूर्ण श्रृंखलावद्ध भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबिन गरी सजाय दिनुपर्छ।
  • प्रधानमन्त्री, निर्वाचन अधिकृत, महालेखा परीक्षक, न्यायधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्छ साथै विज्ञहरूको मन्त्रीमण्डल हुनुपर्छ।
  • न्यायलयलाई दलीयकरणबाट मुक्त गर्नुपर्छ। प्रधानन्यायधीशसहित ७ सदस्य न्यायधीश प्रत्यक्ष निर्वाचित हुनुपर्छ।
  • कर्मचारीतन्त्रबाट मुक्त हुनुपर्छ - हायर एन्ड फायर नीति अपनाउनु पर्छ।
  • आर्थिक प्रणालीमा सामाजिक लोकतन्त्र कायम गर्नुपर्छ।
  • कन्फिलिक्ट अफ इन्टरेस्ट (स्वार्थ संघर्ष) – कुनै पनि नियुक्ति, भर्ना, ठेक्का पट्टा, जनप्रतिनिधिका नातेदार तथा आसपासेहरुको बोलबाला रोक्नुपर्छ।
  • नयाँ व्यवस्था ल्याउन र निर्वाचन गराउन अन्तरिम सरकार गठन गर्नुपर्छ।
जेठ १५, २०८१ मंगलबार १४:४९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .