कोशी


अत्याधिक गर्मीका कारण विराटनगरका विद्यालय बन्द हुने

अत्याधिक गर्मीका कारण विराटनगरका विद्यालय बन्द हुने

सांकेतिक फोटो


नेपालखबर
जेठ २७, २०८२ मंगलबार १९:५६, विराटनगर

तराईमा बढेको अत्याधिक गर्मीका कारण विराटनगर महानगरपालिकाले तीन दिन विद्यालयहरूलाई  बिदा दिने निर्णय गरेको छ। 

विराटनगर महानगरपालिकाले मङ्गलबार एक सूचना जारी गर्दै बालबालिकाको स्वास्थ्य जोखिमलाई ध्यान राख्दै तीन दिन विद्यालय बन्द गर्ने सूचना प्रकाशित गरेको हो।

'अत्याधिक गर्मीका कारण विद्यालयमा पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको तथा बालबालिकाको स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै महानगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन मिति २०८२ जेष्ठ २८ गतेदेखि  ३० गतेसम्म बन्द गर्न गराउन जानकारी गराइन्छ,' सूचनामा भनिएको छ।

साथै महानगरले यस अवधिमा तापक्रममा गिरावट आई वर्षात भएमा विद्यालय सञ्चालन गर्न अनुकूल हुने अवस्था आएमा विद्यालयको नियमित पठनपाठनको व्यवस्था विद्यालय स्वयंले मिलाउन समेत भनेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad