सुर्खेतको लेकवेशीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लेकवेशी नगरपालिका–९ बस्ने ३८ वर्षीय धनबहादुर रावत छन्।
उनलाई इलाका प्रहरी कार्यालय लेकबेशीले बुधबार बिहान साढे ११ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
बाटोमा हिँडिरहेको अवस्थामा १ थान भरुवा बन्दुकसहित रावतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका रावतलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।
24
Shares

प्रतिक्रिया