दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ।
जिल्लाको भैरवी गाउँपालिका–२ का लीलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढाको छामघाट खोला तर्ने क्रममा बुधबार दिउँसो मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए।
उनीहरु महावुबाट भैरवी गाउँपालिकातर्फ जाँदै थिए। उनीहरुबीच सम्धी नाता रहेको बताइएको छ।
33
Shares
प्रतिक्रिया