ग्लोबल


‘ह्वाइट हाउसमा हरेक वर्ष हुन्छ डिनर तर पहिलोपटक चल्यो गोली’

‘ह्वाइट हाउसमा हरेक वर्ष हुन्छ डिनर तर पहिलोपटक चल्यो गोली’

ह्वाइट हाउसमा हरेक वर्ष डिनर (रात्रिभोज) आयोजना गरिन्छ।


नेपालखबर
बैशाख १३, २०८३ आइतबार १०:५०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प शनिबार राति ह्वाइट हाउस (राष्ट्रपति निवास) मा पत्रकारहरूसँग रात्रिभोजमा सहभागी भइरहेका बेला बाहिर नजिकै गोली चलाएको घटनाको रहस्य अझै खुलेको छैन। 

आक्रमणकारीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ट्रम्पले गुप्तचर सेवा (सिक्रेट सर्भिस) ले आफ्नो ज्यान जोगाएको भन्दै सुरक्षाकर्मीहरू प्रशंसा गरेका छन्। 

उनले आक्रमणकारी भनी सार्वजनिक गरेका व्यक्ति क्यालिफोर्नियाका बासिन्दा कोल टोमस एलेन भएको बताइएको छ।

तर उनले गोली चलाउनुको उद्देश्य के हो भन्ने विषयमा अहिलेसम्म खुलिसकेको छैन। 

घटनापछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसका पत्रकारहरूलाई यस विषयमा केही कुरा बताएका छन्।

ट्रम्पले भने, ‘यो कार्यक्रम अभिव्यक्ति स्वतन्त्रताका लागि समर्पित थियो र यसको उद्देश्य सबैलाई एकताबद्ध गर्नु थियो। यद्यपि एक व्यक्ति धेरैवटा हतियार लिएर सुरक्षा चेकप्वइन्टमा हमला गर्न आइपुग्यो। उनलाई गुप्तचर सेवाका बहादुर सदस्यहरूले रोके।’

उनले अगाडि भने, ‘मैले भर्खरै हिरासतमा रहेका व्यक्तिको तस्बिर र सुरक्षा क्यामेरामा कैद फुटेज सार्वजनिक गरेको छु। सन्दिग्ध व्यक्ति धेरै बिरामी छ।’

ट्रम्पले सार्वजनिक गरेको आक्रमणकारीको तस्बिर

ट्रम्पका अनुसार घटनाका बेला गुप्तचर सेवाका एक अधिकारीलाई गोली लागेको थियो, तर उनले लगाएको बुलेटप्रुफ भेस्टले उनलाई बचायो।

उनले भने, ‘मैले भर्खरै अधिकारीसँग कुरा गरेँ र उनी पूर्ण रूपमा ठिक छन्। उनको मनोबल धेरै उच्च छ। हामीले उनलाई भनेका छौँ- हामी उनलाई माया र सम्मान गर्छौं।’

ट्रम्पका अनुसार उनको टोली कार्यक्रमअघि कुनै पनि सुरक्षा खतराबारे अनभिज्ञ थियो।

उनले भने, ‘मलाई थाहा छैन उद्देश्य के थियो, तर सन्दिग्ध व्यक्ति धेरै नराम्रो देखिन्छ।’

राष्ट्रपति ट्रम्पले थपे, ‘सन्दिग्ध व्यक्ति ५० यार्ड टाढाबाट दौडँदै आयो र त्यसपछि सुरक्षाकर्मीहरूले बन्दुक निकाले। अधिकारीहरू क्यालिफोर्नियामा सन्दिग्ध व्यक्तिको अपार्टमेन्टमा आइपुगेका छन् र अनुसन्धान गरिरहेका छन्।’

यसैबिच न्युजविक ह्वाइट हाउस संवाददाता डेनियल बुसले घटनाले ठुलो प्रश्न उत्पन्न भएको बताएका छन्। 

उनका अनुसार वासिङ्टन हिल्टनमा हरेक वर्ष आयोजना हुने उक्त वार्षिक कार्यक्रममा राष्ट्रपतिसहित धेरै जना क्याबिनेट मन्त्री र प्रशासनका वरिष्ठ अधिकारीहरू सहभागी हुन्छन्। अनि सयौँ पत्रकार उपस्थित हुन्छन्।

उनले भने, ‘मुख्य हलमा प्रवेश गर्नुअघि पाहुनाहरूलाई विमानस्थलमाजस्तै सुरक्षा जाँच गरिन्छ। होटल बाहिर पनि सुरक्षा व्यवस्था छ।’

पत्रकार डेनियल बुसले थपे, ‘यो वासिङ्टनको सबैभन्दा सुरक्षित कार्यक्रम मानिन्छ। ह्वाइट हाउस संवाददाताहरूको डिनरमा यस्तो घटना पहिले कहिल्यै भएको थिएन। तर आज राति भएको घटनापछि यस कार्यक्रमको सुरक्षामा अझ बढी ध्यान दिइनेछ।’

समाचार एजेन्सी एपीका अनुसार आक्रमणकारीले होटलको बलरुम बाहिर गोली चलाएका थिए। जतिबेला ट्रम्पसहित सहभागीहरू भित्र थिए।

ह्वाइट हाउसभित्र पत्रकारहरूसँग डिनरसँगै कुराकानी गरिरहेका बेला बाहिर नजिकै गोलीको आवाज सुनिएपछि ट्रम्पलाई गुप्तचर सेवाको टोलीले हतार हतार सुरक्षित स्थानमा लगेको थियो भने अन्य सहभागीको भागाभाग भएको थियो। 

हेर्नुहोस् केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad