पाकिस्तानले अरुणाचल प्रदेशको विवादमा चीनको अडानलाई समर्थन गरेको छ।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'हामीले चिनियाँ विदेश मन्त्रालयको बयानलाई ध्यान दिएका छौं। पाकिस्तानले सधैँ चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई समर्थन गरेको छ र गरिरहनेछ।'
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन आन्द्राबीले शुक्रबार पत्रकार सम्मेलन गरी अरुणाचल प्रदेशबारे उक्त अभिव्यक्ति सार्वजनिक गरेका हुन्।
विदेश मन्त्रालयका प्रवक्ताको विज्ञप्तिमा भनिएको छ, 'अरुणाचल प्रदेशबारे चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यबारे मिडियाको प्रश्नको सन्दर्भमा हामी भन्न चाहन्छौँ-पाकिस्तानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मानमा चीनलाई समर्थन गर्दछ।'
चीनले अरुणाचल प्रदेश आफ्नो भूमि भएको दाबी गरिरहेको छ, तर भारतले यो दाबी अस्वीकार गरेको छ। भारत अरुणाचल प्रदेश आफ्नो अभिन्न अंग भएको बताउँछ।
Shares

प्रतिक्रिया