ग्लोबल


बिहारको मुख्यमन्त्री फेरि नितिश कुमार : केन्द्रीय मन्त्री सिंह

बिहारको मुख्यमन्त्री फेरि नितिश कुमार : केन्द्रीय मन्त्री सिंह

भारतका केन्द्रीय मन्त्री गिरिराज सिंह


नेपालखबर
मंसिर ३, २०८२ बुधबार ६:४२, काठमाडौँ

बिहारमम अर्को मुख्यमन्त्रीबारे गरिएको अनुमान खारेज गर्दै भारतका केन्द्रीय मन्त्री गिरिराज सिंहले मुख्यमन्त्री नितिश कुमार नै पदमा कायम रहने बताएका छन्।

बीबीसी हिन्दीका अनुसार  बेगुसरायका सांसद तथा केन्द्रीय मन्त्री सिंहले भने, 'हरेक पार्टीको आफ्नै प्रक्रिया हुन्छ र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले पनि बिहारको मुख्यमन्त्री चयन गर्न बैठ गर्नेछ।']

मंगलबार दिल्लीमा आयोजित भारत अन्तर्राष्ट्रिय व्यापार मेला (आईआईटीएफ) मा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, 'मलाई थाहा छैन किन यो भ्रम छ। हामीले मुख्यमन्त्री नितिश कुमारको नेतृत्वमा चुनाव लडेका थियौँ। फरि पनि नितिश कुमार मुख्यमन्त्री हुनेछन्, तर त्यसको लागि एउटा प्रक्रिया छ।'

उनका अनुसार भाजपा र जेडीयूले छुट्टाछुट्टै विधायक दलका बैठक गर्नेछन्, त्यसपछि एनडीएको संयुक्त बैठक हुनेछ।

उनले भने, 'एनडीए बैठकमा सबैले मिलेर नेता चयको निर्णय गर्नेछन्। र, म पूर्ण विश्वासका साथ भन्दै छु-नितिश कुमार मुख्यमन्त्री हुनेछन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad