ग्लोबल


टर्कीको स्थानीय चुनावमा विपक्षी पार्टीको जित, राष्ट्रपति एर्दोगानलाई ठूलो राजनीतिक धक्का

टर्कीको स्थानीय चुनावमा विपक्षी पार्टीको जित, राष्ट्रपति एर्दोगानलाई ठूलो राजनीतिक धक्का

मेयरको चुनाव जितेपछि सीएचपीएकराम इमामोग्लु खुसी व्यक्त गर्दै


नेपालखबर
चैत १९, २०८० सोमबार ८:२२, काठमाडौँ

टर्कीको स्थानीय चुनावमा विपक्षीले जित हासिल गरेको छ। यसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो राजनीतिक धक्का मानिएको छ।

तेस्रोपटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै उनको पार्टीको पराजयले राजनीतिक विश्लेषकहरू आश्चर्यमा परेका छन्।

राष्ट्रपति चुनाव जितेर एर्दोगान सहरको राजनीतिक नेतृत्वमा आफ्नो प्रभुत्व कायम गर्ने कुरामा विश्वस्त थिए। तर स्थानीय चुनावमा उनको पार्टीका उम्मेदवारको पराजयले उनको आशामा पानी परेको छ।

एर्दोगान आफैंले चुनावी प्रचार गरेको इस्तानबुलमा पनि धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका एकराम इमामोग्लुले चुनाव जितेका छन्।

इस्तानबुल त्यो स्थान हो, जहाँ राष्ट्रपति एर्दोगान मेयर बनेका थिए भने त्यहीँबाट उनको राजनीतिक करियरले उचाइ लिएको थियो।

एर्दोगानले इस्तानबुलमा नयाँ युगको सुरुवात गर्ने वाचा गरेका थिए तर १६ करोड जनसंख्याको यो सहरमा विपक्षी दलले चुनाव जित्यो।

विपक्षी दलले अंकारासहित १५ सहरमा मेयरको चुनाव जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .