ग्लोबल


ट्रम्पले आल्मुनियम आयात शुल्क पुर्‍याए ५० प्रतिशत

ट्रम्पले आल्मुनियम आयात शुल्क पुर्‍याए ५० प्रतिशत

नेपालखबर
जेठ १७, २०८२ शनिबार ९:४८, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार, जुन ४ देखि स्टिल र आल्मुनियम आयात कर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउने घोषणा गरेका छन्।

पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित र्‍यालीमा ट्रम्पले यो कदमले स्थानीय स्टिल उद्योग र राष्ट्रिय उत्पादनलाई बढावा दिने र चीनप्रतिको निर्भरता घटाउने बताए।

ट्रम्पले अमेरिकी स्टिल र जापानको निप्पोन स्टिलबीचको साझेदारीले यस क्षेत्रको स्टपल उत्पादनमा १४ अर्ब डलर लगानी गर्ने जानकारी पनि दिए।

तर साझेदारीको विवरण अस्पष्ट छ भने दुवै कम्पनीले अझै सम्झौता पुष्टि गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad