ad ad

ग्लोबल


हिक्मत थापाले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने

हिक्मत थापाले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ६:२७,

गैरआवासीय नेपाली संघका वर्तमान कोषाध्यक्ष हिक्मत थापाले सन् २०१९–२०२१ को लागि अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।

संघमा सन् २००७ देखि आबद्ध थापा एनआरएनए नाइजेरियाको सस्थापक अध्यक्ष हुन् भने त्यसपछि दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र दुई कार्यकाल कोषाध्यक्षको पदावधि सम्पन्न गर्दै छन्। अफ्रिका महादेशमा एनआरएनए विस्तारमा नेतृत्व गरेका थापाले यसअघि संघका सबै महत्वपूर्ण अभियानहरुमा सक्रियरुपमा योगदान गरेका छन्।

कैलालीको टीकापुरका स्थायी बासिन्दा थापा विगत १३ वर्षदेखि अफ्रिकाको नाइजेरियामा बस्दै आएका छन्। समाज सेवा र साहित्यमा विशेष रुचि राख्ने थापा अफ्रिकामा नेपालीहरुलाई अप्ठ्यारोमा पर्दा उद्धार र सहयोगको समन्वय गर्ने व्यक्तिको रुपमा परिचित छन्।

दैवी विपत्ति र एनआरएनका नेपाल प्रोजेक्टहरुमा त्यस क्षेत्रबाट सधैँ नेपालका लागि महत्वपूर्ण सहयोग जुटाउने थापाले एनआरएनए अभियान सुदृढीकरण र विकासमा समेत आफनो छुट्टै नेतृत्वको पहिचान बनाएका छन्।

संघले संसारभरका गैरआवासीय नेपालीहरुको साझा संगठनको आफ्नो पहिचानलाई अझै उँचो र सुदृढ बनाउनुपर्नेमा थापा प्रतिबद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .