अमेरिकाको रक्षा विभागले अमेरिकी सेनाले हिन्द महासागरमा प्रतिबन्धित जहाजलाई रोकेको बताएको छ।
अमेरिकी रक्षा विभागले एक्समा लेखेअनुसार अमेरिकी सेनाले इरानबाट तेल लिएर जाँदै गरेको प्रतिबन्धित र ‘स्टेटलेस’ जहाज एम/टी मजिस्टिक एक्सलाई हिन्द महासागरमा रोकेर जाँच गरेको हो।
अमेरिकी रक्षा विभागले भनेको छ, ‘अमेरिकी सेनाले इरानलाई भौतिक सहयोग गर्ने शंका लागेका जहाजलाई रोक्नेछ।’
बीबीसीका अनुसार होर्मुज स्ट्रेटमा नाकाबन्दी सुरु भएदेखि अमेरिकाले दर्जनौँ जहाजलाई रोकेको छ।
यद्यपि ती जहाजलाई इराननजिक होइन, हिन्द महासागरमा टाढा रोकिएको छ।
291
Shares

प्रतिक्रिया