इरानका विदेशमन्त्री अब्बास अराघ्चीले इरान संयुक्त राज्य अमेरिकासँग जुनसुकै परिस्थितिका लागि पनि तयार रहेको बताएका छन्।
अराघ्चीले सीएनएनसँगको अन्तर्वार्तामा उक्त अभिव्यक्ति दिएका हुन्।
अन्तर्वार्तामा उनले भनेका छन्, 'इरान र अमेरिका एक महत्वपूर्ण मोडमा छन्। हामी आणविक हतियारको अनुपस्थिति सुनिश्चित गर्न निष्पक्ष र न्यायपूर्ण सम्झौतामा पुग्न सक्छौँ। यो परिणाम दुवै पक्षका लागि लाभदायक छ र छोटो समयमा प्राप्त गर्न सकिन्छ।'
उनले थपे, 'अर्कातर्फ देशमा गलत हिसाबकिताब वा आक्रमण हुन सक्छ। इरान त्यो परिस्थितिका लागि पनि पूर्ण रूपमा तयार छ।'
75
Shares

प्रतिक्रिया