ग्लोबल


इजरायलको दाबी : लेबननमा इरानको कुड्स फोर्सका सदस्य मार्‍यौँ

इजरायलको दाबी : लेबननमा इरानको कुड्स फोर्सका सदस्य मार्‍यौँ

नेपालखबर
पुस ११, २०८२ शुक्रबार ५:३२, काठमाडौँ

इजरायली सेनाले बिहीबार लेबननमा इरानको क्रान्तिकारी गार्ड्सको विदेशी शाखा कुड्स फोर्सका एक सदस्यलाई मारेको दाबी गरेको छ।

इजरायली सेनाले जारी गरेको विज्ञप्तिअनुसार, लेबननको अन्सारियाह क्षेत्रमा आक्रमण गरी कुड्स फोर्स सदस्य हुसेन महमुद मार्सद अल-जवाहरीलाई मारिएको हो। 

इजरायलले अल-जवाहरी कुड्स फोर्स (युनिट ८४०) का एक प्रमुख ‘आतंककारी’ भएको बताएको छ।

इजरायली सेनाले विज्ञप्तिमा अल-जवाहरीलाई इजरायलविरुद्ध आक्रमणको योजना बनाएको आरोप लगाएको छ।

इजरायली सेनाले भनेको छ, ‘उनी आईआरजीसी (इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स) अन्तर्गत काम गर्थे र इरानको निर्देशनमा सिरिया र लेबननबाट इजरायल र यसका सुरक्षा एजेन्सीहरूविरुद्ध आतंकवादी गतिविधि सञ्चालन गरिरहेका थिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad