शुक्रबार साँझ ६:३० बजेसम्म बिहार विधानसभा चुनावको गणनामा कुल १०१ सिटको नतिजा घोषणा गरिएको छ।
भारतीय निर्वाचन आयोगको वेबसाइट अनुसार, एनडीएले अहिलेसम्म ८७ सिट जितेको छ।
भाजपा ४१ सिटमा अगाडि छ भने जेडीयू ५२ सिटमा अगाडि छ।
महागठबन्धनले अहिलेसम्म १० सिट जितेको छ।
पार्टी अनुसारको तथ्यांक यसप्रकार छ:
भारतीय जनता पार्टी - भाजपा - ५०
जनता दल (संयुक्त) - जेडीयू - ३१
राष्ट्रिय जनता दल - आरजेडी - ७
लोक जनशक्ति पार्टी (रामविलास) - एलजेपीआरभी - ४
भारतीय राष्ट्रिय कांग्रेस - आएएनसी - १
अखिल भारतीय मजलिस-ए-इत्तेहादुल मुस्लिमीन - एआईएमआईएम - ४
हिन्दुस्तानी अवाम मोर्चा (धर्मनिरपेक्ष) - एचएएमएस - १
राष्ट्रिय लोक मोर्चा - आरएसएचटीएलकेएम - १
भारतीय कम्युनिस्ट पार्टी (एमएल) लिबरेसन - सीपीआई (एमएल) (एल) - १
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) - सीपीएम १
भारतीय समावेशी पार्टी - आईआईपी - ० (एक सिटमा अगाडि)
बहुजन समाज पार्टी - बीएसपी- ० (एक सिटमा अगाडि)
Shares

प्रतिक्रिया