ग्लोबल


भारतीय गुफामा भेटिएकी रुसी महिलाका २ छोरीका बुवा इजरायली व्यापारी

भारतीय गुफामा भेटिएकी रुसी महिलाका २ छोरीका बुवा इजरायली व्यापारी

दुई छोरीका साथ निना र उनका इजरायली प्रेमी (बायाँ)।


नेपालखबर
साउन २, २०८२ शुक्रबार १३:५१, काठमाडौँ

भारतीय राज्य कर्नाटकस्थित गोकर्णमा गुफाभित्र साना २ छोरीका साथ भेटिएकी रुसी महिला निना कुटिनाका विषयमा अनुसन्धान भइरहेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय अधिकारीहरूले ती बालिकाका बुबाबारे जानकारी संकलन गरिरहेका छन्। 

उनी एक इजरायली व्यापारी भएको पत्ता लागेको छ। उनीसँग रुसी महिला निनाको भेट ७-८ वर्षअघि भएको थियो।

ती महिला यही जुलाई ९ मा आफ्ना ससाना दुई छोरीसँग गुफामा फेला परकी थिइन्। उनलाई रुस पठाउने तयारी भइरहेको छ।

इन्डियन एक्सप्रेसले रिपोर्टअनुसार ४० वर्षीया निना कुटिनाले बच्चीहरूको बुबा एक इजरायली व्यापारी भएको बताएकी छन्। 

उनले गोवाको गुफामा बस्दा छोरी जन्माएको पनि बताइन्।

अधिकारीहरूका अनुसार निनाको भिसाको म्याद २०१७ मा सकिएको थियो। उनी हाल कर्नाटकको राजधानी बेंगलुरुको डिटेन्सन सेन्टरमा छिन्।

रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै भनिएको छ, सुरुमा निना बच्चाहरूको बुबाको नाम खुलाउन हिचकिचाइन् तर एक सल्लाहकारको सहयोगमा उनले इजरायली व्यापारीको नाम खुलासा गरिन्। उनले आफू ती व्यापारीसँग सम्बन्धमा रहेको बताएकी छन्।

विदेशी क्षेत्रीय दर्ता कार्यालयका एक अधिकारीले बालिकाको बुबा फेला पार्न आफूहरू सफल भएको बताएका छन्। उनी व्यापारिक भिसामा भारतमा छन्।

मंगलबार विदेशी क्षेत्रीय दर्ता कार्यालयका अधिकारीले ती इजरायली व्यक्तिसँग भेटघाट गरेका छन्

ती अधिकारीले भनेका छन्, 'इजरायली पुरुषले निनालाई धेरै पहिले भेटेका थिए र दुवै एकअर्कासँग प्रेम गर्थे।' 

उनका अनुसार ती व्यक्ति नै निनाका छरीहरूका बुबा हुन्। उनी कपडा व्यवसायी हुन्। उनको नाम ड्रोर गोल्डस्टिन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

सबै प्रकिया पूरा गरी सन्तानसहित निनालाई देशनिकाला गर्न लगभग एक महिना लाग्ने विदेशी क्षेत्रीय दर्ता कार्यालयका अधिकारीले रुसको वाणिज्य दूतावासलाई जानकारी गराएका छन्।

रिपोर्टअनुसार एक अधिकारीले भनेका छन्, 'उनको रुसमा अर्को बच्चा छ र हामीले चेन्नईस्थित रुसी कन्सुल जनरललाई जानकारी गराएका छौँ।' 

अहिलेका इजरायली पार्टनर उनको दोस्रो सम्बन्ध भएको बताइएको छ। 

गोकर्णका एक प्रहरी अधिकारीले भनेका छन्, 'महिलाले गोवाको गुफामा रहँदा आफैँले बच्चा जन्माएको दाबी गरेकी छन्। यद्यपि यो विश्वास गर्न गाह्रो छ, तर हामी यसलाई अस्वीकार पनि गर्न सक्दैनौँ।'

रिपोर्टअनुसार, स्रोतले निनाले २०१७ वा २०१८ मा इजरायली पुरुषलाई भेटेको र उनी आफ्नो देश फर्किएको बताएको छ। 

किन आइन् भारत?
पीटीआईका अनुसार ४० वर्षीया निना कुटिना व्यापारिक भिसामा रुसबाट भारत आएकी थिइन्।

उनी हिन्दु धर्म र भारतको आध्यात्मिक परम्पराबाट गहिरोसँग प्रभावित थिइन्, त्यसैले उनी गोवा हुँदै पवित्र तटीय सहर गोकर्ण आइन्। 

अधिकारीका अनुसार उनका प्रिया (६) र अमा (४) नामका दुई सन्तान छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad