ग्लोबल


विमान दुर्घटनाको ८ दिनपछि पार्टी गरेको पाइएपछि एयर इन्डियाका ४ कर्मचारी बर्खास्त (भिडिओ)

विमान दुर्घटनाको ८ दिनपछि पार्टी गरेको पाइएपछि एयर इन्डियाका ४ कर्मचारी बर्खास्त (भिडिओ)

नेपालखबर
असार १४, २०८२ शनिबार २१:५७, काठमाडौँ

एयर इन्डियाले आफ्नो ग्राउन्ड ह्यान्डलिङ भेन्चर एआईएसएटीएका चार कर्मचारीलाई पदबाट बर्खास्त गरेको छ।

कारण हो- अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको ८ दिनपछि उनीहरूले पार्टी मनाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल हुनु। 

यही जुन १२ तारिख दिउँसो एयर इन्डियाको विमान एआई १७१ भारतको अहमदाबादस्थित विमानस्थलबाट लन्डनका लागि उड्नासाथ मेडिकल होस्टेल भवनमा ठोकिँदै दुर्घटना भएको थियो। जसमा परी विमानमा रहेका २४१ जना र जमिनका पनि २९ जनाको निधन भएको थियो। 

भारतीय सञ्चारमाध्यमका अनुसार त्यसको ८ दिनपछि जुन २० तारिखका दिन एयर इन्डियाका ती कर्मचारीले गुरुग्रामस्थित कार्यालयमा पार्टी गरेको भिडिओ भेटिएको हो। 

भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले त्यत्रो दु:खद् घटनाका बेला पनि यी कर्मचारीहरूले कसरी रमाइलो गर्न सकेका भनेर प्रश्न उठाएपछि एयर इन्डियाले कारबाही गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad