भारतका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानलाई 'दुष्ट राष्ट्र'को संज्ञा दिएका छन्।
बिहीबार जमु-कश्मीरको श्रीनगरस्थित बदामीबाग क्यान्टोनमेन्ट पुगेका उनले पाकिस्तानले आणविक धम्की दिएको आरोप लगाए।
उनले भने, 'पाकिस्तानले कति गैरजिम्मेवार ढंगले भारतलाई आणविक धम्की दिएको छ भन्ने कुरा सारा संसारले देखेको छ। आज श्रीनगरको भूमिबाट म सारा संसारसामु यो प्रश्न उठाउन चाहन्छु: यस्तो गैरजिम्मेवार र 'दुष्ट राष्ट्र'को हातमा आणविक हतियार सुरक्षित छन्? मलाई विश्वास छ- पाकिस्तानको आणविक हतियारहरू अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको निगरानीमा छ।'
समाचार एजेन्सी पीटीआईका अनुसार रक्षामन्त्री राजनाथ सिंह जम्मु-कश्मीरको सुरक्षा अवस्थाको समीक्षा गर्न पुगेका छन्।
गत अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणमा २६ जनाको हत्या गरिएपछि एकअर्काविरुद्ध सैन्य हमलामा उत्रिएका भारत र पाकिस्तानबीच मे १० मा मात्र युद्धविराम सहमति भएको छ।
Shares

प्रतिक्रिया