जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मुमा ब्ल्याकआउट भएको र साइरनको आवाज सुनिएको जानकारी दिएका छन्।
अब्दुल्लाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘जम्मुमा ब्ल्याकआउट छ, सहरभरि साइरनको आवाज सुन्न सकिन्छ।’
यसअघि बिहीबार राति पनि पाकिस्तानसँग सीमा जोडिएका जिल्लाहरूमा ब्ल्याकआउट र गोलाबारी भएको रिपोर्ट आएको थियो।
जोखिमलाई ध्यानमा राख्दै आज साँझदेखि धेरै जिल्लाहरूमा ब्ल्याकआउट गरिएको छ।
भारतले बिहीबार राति पाकिस्तानले ३६ स्थानमा ३००-४०० ड्रोन पठाएको तर त्यसलाई खसालिएको दाबी गरेको छ।
2.0k
Shares

प्रतिक्रिया