पाकिस्तानका रक्षामन्त्रीले भारतको पछिल्लो आक्रमण द्वन्द्व बढाउने निमन्त्रणा भएको बताएका छन्। तर, पाकिस्तान भने पूर्ण युद्धबाट जोगिन खोजिरहेको उनको भनाइ छ।
‘भारतले अन्तर्राष्ट्रिय सीमा नाघ्यो,’ रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले सीएनएनसँग भनेका छन्, ‘यो स्पष्ट उल्लंघन हो र द्वन्द्व विस्तार गर्ने निमन्त्रणा हो।’
यद्यपि, पाकिस्तानी सेना सम्पूर्ण युद्धका लागि तम्तयार रहेको उनको भनाइ छ।
‘अब के हुन्छ भने हामी पूर्ण युद्धका तम्तयार छौँ। त्यसमा कुनै शंका छैन। किनभने भारतले तनाव वृद्धि गरिरहेको छ र द्वन्द्वको दाउ बढाइरहेको छ,’ आसिफले भने, ‘त्यसैले हामी होसियारीविहीन अवस्थामा रहन सक्दैनौँ।’
भारतले पाकिस्तान प्रशासित कस्मिरको सीमा नाघेर पञ्जाब प्रान्तमा हमला गरे पनि त्यसको जवाफमा पाकिस्तानले भारत प्रशासित कस्मिरबाहिर आक्रमण नगर्ने विश्लेषकहरूको भनाइ छ।
‘पाकिस्तानले थप तनाव चर्किए जवाफ दिने सन्देश स्पष्ट पारेको छ,’ पाकिस्तानी विश्लेष साहिद हुसेन भन्छन्, ‘तर, उसले भारत प्रशासित कस्मिरभन्दा बाहिर गएर कारबाही गर्ने सम्भावना छैन।’
Shares

प्रतिक्रिया