ग्लोबल


६ मत नपुग्दा जर्मनीको चान्सलर बन्न पाएनन् मर्ज, फेरि मतदान हुँदै

६ मत नपुग्दा जर्मनीको चान्सलर बन्न पाएनन् मर्ज, फेरि मतदान हुँदै

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १८:५१,

संसदमा भएको मतदानमा जर्मनीका कन्जरभेटिव नेता फ्रेडरिक मर्ज चान्सलर बन्न असफल भएका छन्। जसका कारण दोस्रोपटक मतदान हुने भएको छ।

मर्जलाई ६३० सिटको बुन्डेस्टागमा ३१६ मत चाहिने थियो। तर, उनले ३१० मत मात्र पाएका थिए। उनको क्रिस्टियन डेमोक्र्याट पार्टी अढाई महिनाअघिको चुनावमा सबैभन्दा ठूलो दल बनेको थियो।

उनले सोसल डेमोक्र्याट पार्टीसँग गठबन्धन गरेका थिए। तर, सो पार्टीका सबै सांसदको समर्थन पाउन नसक्दा अनपेक्षित रुपमा उनी निर्वाचित हुन असफल भए। 

१९४९ यता जर्मनीमा कुनै पनि नेता यसरी प्रधानमन्त्रीको चुनावमा असफल भएको इतिहास छैन। जसका कारण उनलाई ठूलो धक्का लाग्ने आकलन गरिएको छ।

प्रधानमन्त्रीका लागि दोस्रोपटक आजै मतदान हुने बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad