आम चुनाव चलिरहेको क्यानडाको कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीमा जवाफ दिएका छन्।
मतदानकै बीच अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि एकपटक क्यानडालाई अमेरिकाकै एक राज्य बन्न धम्की दिएपछि कन्जरभेटिभ नेता पोइलिभ्रे आक्रोशित हुँदै खण्डन गरेका हुन्।
कन्जरभेटिभ नेता पोइलिभ्रेले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्प! हाम्रो चुनावबाट टाढै रहनुहोस्। क्यानेडियालीहरूले मात्र मतदानमार्फत क्यानडाको भविष्यको निर्णय गर्नेछन्।’
उनले अगाडि लेखेका छन्, ‘क्यानडा सधैँ सार्वभौम र स्वतन्त्र रहनेछ र कहिल्यै संयुक्त राज्य अमेरिकाको ५१औँ राज्य बन्ने छैन।’
President Trump, stay out of our election. The only people who will decide the future of Canada are Canadians at the ballot box.
Canada will always be proud, sovereign and independent and we will NEVER be the 51st state.
Today Canadians can vote for change so we can strengthen… — Pierre Poilievre (@PierrePoilievre) April 28, 2025
क्यानडामा प्रधानमन्त्री चुन्ने आम चुनावअन्तर्गत सोमबारदेखि मतदान भइरहेको छ।
यसपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म सोसल ट्रुथमा लेखेका छन्, ‘एउटा यस्तो नेता छान्नुहोस् जसले तपाईंको कर आधा घटाउन सकोस्, तपाईंको सेनालाई संसारको सबैभन्दा शक्तिशाली बनाउन सकोस् र तपाईंका कार, स्टिल, आल्मुनियम, काठ, ऊर्जा र अन्य सबै व्यवसायलाई कुनै कर वा शुल्कबिना नै चार गुणा बढाउन सकोस्।’
ट्रम्पले थप भनेका छन्, यदि क्यानडा अमेरिकी राज्य बनेन भने अमेरिकाले हरेक वर्ष क्यानडालाई सयौँ अर्ब डलरको सहायता दिन क्रम जारी राख्ने छैन।’
क्यानडाको आम चुनावमा प्रधानमन्त्री पदका उम्मेदवारहरूमा लिबरल पार्टीका मार्क कार्नी, कन्जरभेटिभ पार्टीका पियरे पोइलिभ्रे, ब्लक क्वेबेकोइस पार्टीका ब्लान्चेट र एनडीपी पार्टीका नेता जगमित सिंह छन्।

गत महिना मात्र लिबरल पार्टीको नेतामा निर्वाचित भएपछि पूर्वबैंकर मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बनेका थिए। तर लगत्तै उनले चुनाव गराउन परेको हो।
गत जनवरीमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेताबाट राजीनामा दिएदेखि नै क्यानडाका धेरै नेताले मतदानको माग गरिरहेका थिए।
तर अमेरिकाका राष्ट्रपति ट्रम्पले नै लगाएको भारी भन्सार शुल्कका कारण क्यानडाले चाँडै चुनाव गराउन सकेको थिएन।
क्यानडामा मतदाताहरूले प्रधानमन्त्रीलाई प्रत्यक्ष मतदान गर्दैनन्। उनीहरूले संसद् सदस्यहरूलाई मतदान गर्छन्।
Shares

प्रतिक्रिया