ग्लोबल


क्यानडामा एउटा कारले भिडमा ठक्कर दिँदा ‘धेरै जनाको मृत्यु’

क्यानडामा एउटा कारले भिडमा ठक्कर दिँदा ‘धेरै जनाको मृत्यु’

नेपालखबर
बैशाख १४, २०८२ आइतबार ११:३९, काठमाडौँ

क्यानडाको भ्यानकुभरमा एउटा कारले भीडमा ठक्कर दिँदा धेरै जनाको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ।

भ्यानकुभर प्रहरीले धेरै जना घाइते भएको पनि बताएको छ। 

यो घटना शनिबार साँझ सडक महोत्सवका क्रममा भएको हो। चालकलाई प्रहरीले पक्राउ गरेको छ।

भ्यानकुभर प्रहरीले अहिलेसम्म कति जना घाइते भएका छन् वा कति जनाको मृत्यु भएको छ भनेर बताएको छैन।

घटनाका धेरै भिडिओ बाहिर आएका छन्। जसमा प्रहरीका कार र एम्बुलेन्स देखिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad