ग्लोबल


सर्बियामा सरकारविरुद्ध सडकमा उत्रिए ३ लाखभन्दा बढी नागरिक

सर्बियामा सरकारविरुद्ध सडकमा उत्रिए ३ लाखभन्दा बढी नागरिक

सर्बियामा शनिबार सरकारविरुद्ध भएको जनप्रदर्शन।


नेपालखबर
चैत ३, २०८१ आइतबार २०:१५, काठमाडौँ

सर्बियामा सरकारविरुद्ध विशाल प्रदर्शन भएको छ। 

बीबीसीका अनुसार सर्बियाको राजधानी बेलग्रेडको सडकमा शनिबार सरकारको विरोधमा ठूलो संख्यामा मानिसहरू भेला भएका हुन्।

सरकारले शनिबारको विरोध प्रदर्शनमा १ लाख ७ हजारभन्दा केही बढी नागरिक मात्र सहभागी भएको दाबी गरे पनि स्वतन्त्र अनुगमनकर्ताहरूले कम्तीमा ३ लाख २५ हजार मानिस सडकमा भेला भएको बताएका छन्।

यसलाई सर्बियामा अहिलेसम्मकै सबैभन्दा ठूलो विरोध प्रदर्शन मानिएको छ।

गत नोभेम्बरमा सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा रहेको रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएको थियो।

यसरी भत्किनुको कारण रेलवे स्टेसन निर्माणमा व्यापक भ्रष्टाचार र गुणस्तरहीन काम भएको भन्दै सर्बियाका नागरिक सरकारविरुद्ध आन्दोलनमा उत्रिएका हुन्।

यसैबीच सर्बियाका राष्ट्रपति अलेक्सान्डर वुसिकले शनिबार राष्ट्रलाई सम्बोधन गर्दै प्रहरीको प्रशंसा गरे।

उनले भने, ‘मलाई गर्व छ- हामीले शान्ति कायम राख्यौँ।’

साथै उनले प्रदर्शनकारीहरूको सन्देश आफूले बुझेको र हामीले आफूलाई परिवर्तन गर्नुपर्छ भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad