अमेरिकामा अन्तत: यौन दुर्व्यवहारको आरोप लागेका पिट हेग्सेथ नयाँ रक्षामन्त्री बन्ने भएका छन्।
बीबीसीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मनोनीत पिट हेग्सेथ अमेरिकाको नयाँ रक्षामन्त्री बन्ने कुरा शुक्रबार राति अमेरिकी सिनेटले पुष्टि गरेको हो।
यसअघि यौन दुर्व्यवहार आरोपका कारण उनी रक्षामन्त्री बन्ने कुरामा शंका थियो।
तीन रिपब्लिकन सिनेटरले पिट हेग्सेथविरुद्धमा मतदान गरेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले उनका पक्षमा निर्णायक मतदान गरे।
रक्षामन्त्री चयन गर्ने प्रक्रियाका क्रममा पिट हेगसेथविरुद्ध यौन दुर्व्यवहारको आरोप पनि लागेको थियो, जसलाई उनले अस्वीकार गरे।
पूर्वसैनिक तथा फक्स न्युज च्यानलका होस्ट पिट हेगसेथले झन्डै ३० लाख कर्मचारी रहेको विभागको नेतृत्व गर्नेछन्। जसको बजेट ८४९ अर्ब छ।
306
Shares

प्रतिक्रिया