राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत दक्षिणी सीमामा संकटकाल घोषणा गरेका छन्।
यसको जवाफमा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया साइनबमले मेक्सिकोले सधैँ आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्ने बताएकी छन्।
ट्रम्पका आदेशहरुका बारेमा बोल्दै उनले मेक्सिकोले अमेरिकामा रहेका आफ्ना नागरिकहरुलाई सहयोग गर्ने बताइन्।
उनले सीमामा संकटकाल घोषणा व्यावहारिक हिसाबले ट्रम्पले २०१९ मा गरेको आदेशजस्तै भएको बताइन्।
‘नयाँ केही होइन,’ उनले भनिन्।
त्यस्तै, गल्फ अफ मेक्सिकोको नाम ट्रम्पले फेरेर गल्फ अफ अमेरिका बनाएका छन्।
यसबारे साइनबमले हाँस्दै भनिन्, ‘अमेरिकाले यसलाई गल्फ अफ अमेरिका भनोस्। तर, त्यसले मेक्सिको र बाँकी विश्वले भन्ने कुरा बदलिँदैन।’
22.3k
Shares

प्रतिक्रिया