अमेरिकाको न्यु अर्लिन्सस्थित बोर्बोन स्ट्रिटमा १५ जना मर्नेगरी मानिसको भीडभित्र पसेको ट्रकका चालकको तस्बिर सार्वजनिक भएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार बुधबार भएको सो दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने कम्तीमा ३५ जना घाइते भएका छन्।
उक्त घटना अनुसन्धान गरिरहेको अमेरिकी अनुसन्धान एजेन्सी (एफबीआई) ले आरोपित चालकको तस्बिर सार्वजनिक गरेको हो।
सार्वजनिक तस्बिरका व्यक्ति ४२ वर्षीय पूर्वसैनिक शमसुद्दिन जब्बार हुन्। उनी टेक्सासका बासिन्दा भएको बीबीसीले जनाएको छ।
घटनालगत्तै प्रहरीले हानेको गोली लागेर ट्रक चालक शमसुद्दिनको पनि मृत्यु भइसकेको जनाइएको छ।
एफबीआईले मानिस किच्ने ट्रकमा चरमपन्थी संगठन आईएसको झण्डा भेटिएको बताएको छ। साथै हतियार पनि बरामद भएको छ।
घटनामा अन्य कोही संलग्न थिए वा थिएनन् भन्नेबारे अनुसन्धान एजेन्सीले अनुसन्धान गरिरहेको छ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले आक्रमणकारी चरमपन्थी संगठन आईएसबाट प्रभावित व्यक्ति भएको बताएका छन्।
Shares

प्रतिक्रिया