महाभियोग लागेको दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले सोधपुछका लागि हाजिर हुन अनुसन्धानकर्ताहरुले गरेको आग्रह फेरि पनि अटेर गरेका छन्।
बुधबार बिहानका लागि भ्रष्टाचारसम्बन्धी आरोपहरुमा सोधपुछका लागि उनलाई बोलाइएको थियो। तर, उनी गएनन्।
एक साताअघि पनि अनुसन्धानकर्ताहरुले उनलाई उपस्थितिका लागि आग्रह गरेका थिए।
यसले उनी पक्राउ पर्ने सम्भावना बढ्ने बताइएको छ।
अब सरकारी अधिकारीहरुले उनलाई तेस्रो पटक हाजिर हुन आग्रह गर्छन् कि पक्राउ पुर्जी जारी गराउने प्रक्रिया थाल्छन्, स्पष्ट छैन।
मुलुकमा सैनिक शासन लगाउने असफल कोसिस गरेका युनलाई यही महिना दक्षिण कोरियाको संसदले महाभियोग लगाउने निर्णय गरेको थियो। त्यसपछि उनी निलम्बित अवस्थामा छन्।
शुक्रबारबाट संवैधानिक अदालतमा उनीविरुद्धको महाभियोगबारे सुनुवाइ सुरु हुँदैछ। एजेन्सी
Shares

प्रतिक्रिया