ग्लोबल


डिसेम्बर १९ मा वार्षिक पत्रकार सम्मेलन गर्दै पुटिन

डिसेम्बर १९ मा वार्षिक पत्रकार सम्मेलन गर्दै पुटिन

फाइल तस्बिर: पुटिन


नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार २१:५४, मस्को

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यही डिसेम्बर १९ मा आफ्नो वार्षिक पत्रकार सम्मेलन गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले शुक्रबार टेलिभिजन टिप्पणीमा बताएका छन्। पत्रकार सम्मेलनमा विदेशी मिडियाको समेत सहभागिता हुनेछ।

टेलिभिजनमा प्रसारण गरिने म्याराथन कार्यक्रम अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पदभार ग्रहण गर्नुभन्दा एक महिनाअघि र रुसी सेनाले युक्रेनमा प्रगति गरिरहेको बेला हुनेछ।

पुटिनले पत्रकारका प्रश्नका जवाफ दिने र जनताका सदस्यबाट फोन कल स्वीकार गर्ने कार्यक्रमलाई ‘भ्लादिमिर पुटिनसँग वर्षको परिणाम’ भनिने पेसकोभले जानकारी दिए।

रुसले गत वर्ष रुसमा काम गर्ने विदेशी पत्रकारहरूलाई प्रतिबन्ध र प्रवेश रोक लगाएको थियो। यसलाई रुसले ‘पारस्परिक कदम’ का रूपमा व्याख्या गर्छ। तर पेसकोभले अन्तर्राष्ट्रिय मिडिया सहभागी हुनसक्ने पुष्टि गरे। 

‘संघीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मिडियाका पत्रकारहरूलाई मान्यता दिइनेछ’, उनले भने। 

पेसकोभका अनुसार अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरू ‘मुख्यतया रुसमा हालको मान्यताअन्तर्गत काम गर्ने विदेशीहरू हुनेछन्। अन्य केही पश्चिमी मिडिया पनि उपस्थित हुनेछन्। 

राज्य समाचार संस्था तासका अनुसार कार्यक्रम मस्को समयअनुसार दिउँसो १२ बजे सुरु हुनेछ। गत वर्षको कार्यक्रमले चार घन्टाभन्दा बढी समय लिएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad