ग्लोबल


शेख हसिनाविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गराउने तयारी

शेख हसिनाविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गराउने तयारी

फाइल तस्बिर: शेख हसिना


नेपालखबर
कात्तिक २६, २०८१ सोमबार ६:१९, काठमाडौँ

बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन र उनको पार्टीका अन्य फरार नेता पक्रन अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलको सहयोग लिने भएको छ।

बीबीसी हिन्दीका अनुसार बंगलादेशको अन्तरिम सरकारले उनीहरूविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्न इन्टरपोललाई आग्रह गरेको छ।

बंगलादेशमा विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा ७०० भन्दा बढी जनाको मृत्यु भएको थियो।

गत जुलाई र अगस्टमा भएको उक्त आन्दोलन दबाउन हसिना र अन्य फरार अवामी लिगका नेताहरूले आदेश दिएको आरोप छ।

नयाँ अन्तरिम सरकारले हसिनालाई मानवताविरुद्धको अपराध गरेको आरोप लगाएको छ।

आन्दोलन खेप्न नसकेर तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि अगस्ट ८ मा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad