ग्लोबल


नर्थ क्यारोलाइनामा ट्रम्पको जितले बढायो ह्यारिसको चिन्ता

नर्थ क्यारोलाइनामा ट्रम्पको जितले बढायो ह्यारिसको चिन्ता

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १०:१७,

नर्थ क्यारोलाइनाको १६ इलेक्टोरल मत जितेसँगै डोनाल्ड ट्रम्पका लागि २७० को लक्ष्यमा पुग्ने विकल्प खुला देखिएको छ।

यससँगै उनले ७ मध्ये पहिलो स्विङ स्टेटको नतिजा आफ्नो पक्षमा पारेका छन्।

उनले २३० सिटमा पकड कायम गरिसकेका छन्।

अब उनले जर्जिया र पेन्सिलभेनिया वा जर्जिया, मिसिगन र विस्कन्सिन जिते भने सो लक्ष्य भेट्टाउन सक्छन्। 

यसले कमला ह्यारिसको टिममा चिन्ता बढाएको छ।

होवार्ड युनिभर्सिटीमा जम्मा भएका उनका समर्थकहरु थप चिन्तित देखिन थालेका छन्। सीएनएनमा हरेक पटक नतिजा प्रसारित हुँदा भीडमा खासखुस चल्ने गरेको देखिन्छ। एजेन्सी 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad