बंगालको खाडीमा बनेको सामुद्रिक आँधी (चक्रवात) ‘दाना’ भारतीय राज्य ओडिसामा गएराति बज्रिएको (ल्यान्डफल गरेको) छ।
भारतीय मौसम विज्ञान विभागका अनुसार दाना आँधीको प्रभाव अझै जारी छ। उक्त आँधी ओडिसाको धामरा र भितरकनिका नजिक १२० किलोमिटर प्रतिघण्टाको गतिमा गएको छ।
आँधीका कारण ओडिसा र बंगालका धेरै क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ। हावाहुरीका कारण धेरै ठाउँमा रूख ढलेका छन्।

उद्धारका लागि धेरै एनडीआरएफ टोली ओडिसा र बंगालमा अलर्टमा छन्। भुवनेश्वर र कोलकाता विमानस्थल बिहान ९ बजेसम्मका लागि बन्द गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवात दानाका कारण लगातार वर्षा भइरहेकाले ओडिसामा अचानक बाढी आउने खतरा देखिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले ओडिसाका १६ जिल्लामा लगातारको वर्षा भइरहेकाले बाढी आउन सक्ने आशंका व्यक्त गरेको छ।
पश्चिम बंगाल पनि उच्च सतर्कता अपनाइएको छ। राज्यका धेरै तटीय जिल्लाबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
हेर्नुहोस् दाना आँधीको एक दृश्य-
#WATCH | Odisha: Gusty winds and heavy downpour cause destruction in Dhamra, Bhadrak
— ANI (@ANI) October 25, 2024
The landfall process of #CycloneDana underway pic.twitter.com/1tILknoZyK
Shares

प्रतिक्रिया